नेकपा एमाले केन्द्रीय सदस्य एबं सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का एमाले उम्मेदवार शेर बहादुर तामाङले जोरपाटीको नारायणटारमा आयोजित उम्मेदवार भेटघाट कार्यक्रममा सो बिचार ब्यक्त गर्नु भएको हो । उहाँले अब बन्ने नयां संसदमा आफुले सुरु गरेको सार्बजनिक पद धारण गरेका सबै ब्यक्तिहरुको सम्पती छानबिन गर्ने ,राज्यले स्वदेश तथा बिदेशबाट विभिन्न सामाग्री खरिद गर्दा आउने कमिसन ब्यक्तिको खातामा नभै राज्यको खातामा जम्मा हुने गरि कमिसन कानुन निर्माण गर्ने आफ्ना अधुरा योजनाहरु पूरा गराई छाड्ने,जेन्जी आन्दोलनको मनोभावनालाई समेत पूरा गराउन पहल गर्ने बिचार समेत ब्यक्त गर्नु भएको थियो ।
हिजो माघ २४ गते सिन्धुपाल्चोक- काठमाडौ २ नम्बर क्षेत्रीय सम्पर्क मन्चद्वारा छिमेकी पार्टी प्यालेसमा आयोजित सिन्धुपाल्चोकबाट काठमाडौंमा अस्थायी बसोबास गर्नु हुने मतदाता भेटघाट कार्यक्रममा सो बिचार ब्यक्त गर्नु भएको हो ।
एमाले नेता ईन्जिनियर गम्भिरलाल श्रेष्ठको सभापतित्व,राजन आचार्यको स्वागत मन्तव्य र सम्पर्क मन्च नेत्री राधा सापकोटाको सन्चालनमा भएको सो कार्यक्रममा एमाले केन्द्रीय सचिब राजन भट्टराई ,केन्द्रीय सदस्य एबं सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज सुबास कर्माचार्य ,केन्द्रीय सदस्य द्वय हस्त पण्डित र डोल्मा तामाङ,केन्द्रीय अनुशासन आयोगका पुर्ब सदस्य डम्बर अर्याल ,बागमती प्रदेश कमिटी सचिब बालकृष्ण देउजा,ईन्द्रावती गाउँपालिका अध्यक्ष एबं प्रदेश कमिटी सचिवालय सदस्य झम्क नेपाल ,सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्ष होमनारायण श्रेष्ठ ,बागमती प्रदेश कमिटी पुर्ब सदस्य मित्रलाल चौलागाईं लगायतले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनमा एमाले उम्मेदवार शेर बहादुर तामाङलाई बिजयी गराउन कुनै कसर नराख्न कार्यकर्तालाई निर्देशन दिनु भएको एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय सदस्य निर्मल बन्जाराले जानकारी गराउनु भयो ।
कार्यक्रममा एमाले पुर्ब केन्द्रीय सदस्य एबं पुर्ब मन्त्री दावा तामाङ,प्रदेश कमिटीका सदस्यहरु,जिल्ला कमिटीका अध्यक्ष होमनारायण श्रेष्ठ , पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा,एमाले नेत्री एबं मेलम्ची नगरपालिकाकी उप मेयर उमा प्रधान ,एमाले जिल्ला कमिटी उपाध्यक्ष अर्जुन भण्डारी ,सचिब कृष्णगोपाल तामाङ,उप सचिब शिबहरी सापकोटा,एमाले बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष सरोज मोहन लामा लागायत जिल्ला कमिटी सदस्यहरु,पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु लगायत एमाले सिन्धुपाल्चोकका करिब ५०० जना कार्यकर्ताको उपस्थिति रहेको थियो । सो कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एबं जन कलाकार भिमसेन खतिवडालेआफ्ना विभिन्न प्रस्तुतिद्वारा एमाले उम्मेदवार शेर बहादुर तामाङलाई बिजयी गराउन आग्रह गर्नु भएको थियो ।
