नेकपा एमाले लिसंखुपाखर निर्वाचन परिचालन कमिटीको बैठक शनिवार सम्पन्न भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोजित उक्त बैठक निर्वाचन परिचालन कमिटी लिसंखुपाखरका संयोजक सूर्य लामाको अध्यक्षतामा सम्पन्न भएको हो।
यसअघि सम्पन्न पार्टी भेलाबाट सबै पालिका संयोजकहरू तोकिएको भए पनि समिति पूर्णरूपमा गठन हुन बाँकी रहेको थियो। आजको बैठकले आगामी निर्वाचनमा कसरी प्रभावकारी रूपमा परिचालन गर्ने भन्ने विषयमा विस्तृत छलफल गरेको छ।
बैठकबाट सातै वडामा वडा निर्वाचन परिचालन समिति गठन गरिएको छ। साथै निर्वाचनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आर्थिक समिति, प्रचार–प्रसार समिति तथा यातायात व्यवस्थापन समिति समेत गठन गरिएको छ।
भेलामा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं लिसंखुपाखर पार्टी इन्चार्ज हेमगंगा मोक्तानले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै पक्षबाट तन, मन र धन लिएर नेकपा एमालेका सूर्य ध्वजाबाहक उम्मेदवार सरेश नेपाललाई निर्वाचित गराउन आग्रह गर्नुभयो।
त्यसैगरी निर्वाचन परिचालन क्षेत्रीय संयोजक कमल नेपालले पार्टी संगठनभित्र रहेका कमी–कमजोरीलाई थाती राख्दै वर्तमान असहज परिस्थितिमा जसरी भए पनि एमालेका उम्मेदवारलाई जिताउन सबै पक्ष परिचालित भई सहयोग गर्न आग्रह गर्नुभयो ।
नेकपा एमाले लिसंखुपाखर निर्वाचन परिचालन कमिटीको बैठक आज सम्पन्न भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोजित उक्त बैठक निर्वाचन परिचालन कमिटी लिसंखुपाखरका संयोजक सूर्य लामाको अध्यक्षतामा सम्पन्न भएको हो।
यसअघि सम्पन्न पार्टी भेलाबाट सबै पालिका संयोजकहरू तोकिएको भए पनि समिति पूर्णरूपमा गठन हुन बाँकी रहेको थियो। आजको बैठकले आगामी निर्वाचनमा कसरी प्रभावकारी रूपमा परिचालन गर्ने भन्ने विषयमा विस्तृत छलफल गरेको छ।
बैठकबाट सातै वडामा वडा निर्वाचन परिचालन समिति गठन गरिएको छ। साथै निर्वाचनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आर्थिक समिति, प्रचार–प्रसार समिति तथा यातायात व्यवस्थापन समिति समेत गठन गरिएको छ।
भेलामा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं लिसंखुपाखर पार्टी इन्चार्ज हेमगंगा मोक्तानले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै पक्षबाट तन, मन र धन लिएर नेकपा एमालेका सूर्य ध्वजाबाहक उम्मेदवार सरेश नेपाललाई निर्वाचित गराउन आग्रह गर्नुभयो।
त्यसैगरी निर्वाचन परिचालन क्षेत्रीय संयोजक कमल नेपालले पार्टी संगठनभित्र रहेका कमी–कमजोरीलाई थाती राख्दै वर्तमान असहज परिस्थितिमा जसरी भए पनि एमालेका उम्मेदवारलाई जिताउन सबै पक्ष परिचालित भई सहयोग गर्न आग्रह गर्नुभयो।