सिन्धुपाल्चाेक । भोटेनाम्लाङ तमु समाजको आयोजनामा सप्रि ल्हो साप वर्गलाई बिदाई र त ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमु ल्होसार २०८२ भब्यताका साथ मनाइएकाे छ ।
कार्यक्रम तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् सिन्धुपाल्चोक संगठन सचिव सुवास घले गुरुङको सभापतित्व र पालिका प्रमुख टासी लामाको प्रमुख आतिथ्यमा भएकाे थियाे ।
विवेक गुरुङले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा प्रमुख अतिथि टासी लामा, विशेष अतिथि केशव गुरुङ, सुके तामाङ, देवराज गुरुङ, भीमबहादुर गुरुङ चित्र र गोविन्द गुरुङले मन्तब्य राख्नुभएकाे थियो । आगामी वर्ष आफ्नै गुरुङ गुम्बाको लागि जग्गा खरिद गरी गुम्बा निर्माण गर्ने भोटेनाम्लाङ तमु समाजले जनाएकाे छ ।
कार्यक्रममा देश तथा विदेशमा रहनुहुने शुभचिन्तकहरुले आर्थिक सहयोग गर्नुभएको थियो । सहयोगी दाताहरु र प्रमुख अतिथि, विशेष अतिथि, अतिथि कलाकारहरुलाई आयोजकले मायाको चिनो प्रदान गरि सम्मान गरेको थियो ।
कार्यक्रममा चर्चित गायक राकेश गुरुङ, पुनम गुरुङ, दिपशिखा गुरुङ, सोनाम लामाको विशेष प्रस्तृति रहेको थियो भने स्थानीय कलाकार अमिर घले गुरुङ, मेघ्ना गुरुङ र कृष्ण गुरुङको पनि बिजोड प्रस्तुति रहेको थियो ।
कार्यक्रम सम्पन्न गर्नका लागि विवेक गुरुङ, सुवास घले गुरुङ, रामकुमार गुरूङ, दिलिप गुरुङ, विश्वराज गुरुङ, बलराम गुरुङ, रामकुमारी गुरुङ, बुद्धिमाया गुरुङ लगायतकाे महत्वपूर्ण भूमिका रहेको थियो । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् सिन्धुपाल्चोकका सल्लाहकार मदन गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन
धर्म गुरु, बौद्ध आचार्य लोपेन रिन्छेन दोर्जे ( सन्जिव गुरुङ) मंगल पाठ गरि पानसमा बत्ति बालेर पालिका प्रमुख टासी लामा र धर्म गुरु बौद्ध आचार्य लोपेन रिन्छेन दोर्जे सन्जिब गुरुङले उद्घाटन गर्नु भएको थियो । भने राष्ट्रिय गान तथा चर्चित गाएक (गडुलध्वज जिमी)गुरुङको भोटेनाम्लाङ गान बाट कार्यक्रम सुरवात गरिएको थियो ।

