सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ विभिन्न खेल विधामा प्रतिस्पर्धा सम्पन्न भएसँगै विजेता खेलाडी तथा विद्यालयहरूको नामावली सार्वजनिक गरिएको छ। प्रतियोगितामा एथलेटिक्स, कराते र उसु लगायतका खेल विधामा छात्र–छात्राहरूले उत्साहजनक तथा प्रतिस्पर्धात्मक प्रदर्शन गरेका छन्।
एथलेटिक्सतर्फको नतिजा
एथलेटिक्स अन्तर्गत लङजम्प, ८०० मिटर दौडसहित १००, २००, ४००, १५०० र ३००० मिटर दौड, हाइजम्प, त्रिपलजम्प, सटपुट तथा रिले विधामा विभिन्न विद्यालयका खेलाडीहरू विजयी बनेका छन्।
लङजम्पतर्फ
छात्र समूहमा नुर्वुलिङ मणिचौर माध्यमिक विद्यालयका अर्जुन थोकर प्रथम भए भने इचोक माध्यमिक विद्यालयका दावाग्याल्वो तामाङ द्वितीय र जय वागेश्वरी माध्यमिक विद्यालयका प्रदिप श्रेष्ठ तृतीय भए।
छात्रा समूहमा मेलम्चीघ्याङ माध्यमिक विद्यालयकी विनिता तामाङ प्रथम भइन्। इष्ट पोइन्ट एकेडेमीकी आश्ना केसी द्वितीय र भूमेश्वरी माध्यमिक विद्यालयकी विनिता तामाङ तृतीय भइन्।
८०० मिटर दौडतर्फ
छात्रतर्फ सरस्वती माध्यमिक विद्यालयका सूरेन तामाङ प्रथम, गोल्मादेवी माध्यमिक विद्यालयका थोप्तेन लामा द्वितीय र महेन्द्र माध्यमिक विद्यालयका नेमा छिरिङ लामा तृतीय बने।
छात्रातर्फ नुर्वुलिङ मणिचौर माध्यमिक विद्यालयकी दिलमाया तामाङ प्रथम, इष्ट पोइन्ट एकेडेमीकी प्रिति जोती द्वितीय र सरस्वती माध्यमिक विद्यालयकी पुतली तामाङ तृतीय भइन्।
समग्रमा एथलेटिक्स विधामा इष्ट पोइन्ट एकेडेमी, हेलम्बु बोधिसत्व मोडल स्कुल, नुर्वुलिङ मणिचौर मावि, मेलम्चीघ्याङ मावि र सरस्वती माविका खेलाडीहरूको प्रभावशाली प्रदर्शन देखिएको आयोजकले जनाएको छ।
कराते विधातर्फ
कराते विधाअन्तर्गत काता तथा विभिन्न तौल समूहका कुमिते स्पर्धामा हेलम्बु बोधिसत्व मोडल स्कुल अग्रस्थानमा रह्यो। बोधिसत्व मोडल स्कुलले १० स्वर्ण, ३ रजत र ४ कास्य पदक जित्दै समग्र प्रथम स्थान हासिल गरेको छ। इष्ट पोइन्ट एकेडेमी द्वितीय र सरस्वती माध्यमिक विद्यालय तृतीय स्थानमा रहे।
उसु विधातर्फ
उसु (Chang Quan, Nan Quan, Taiji Quan तथा तौल समूह) विधामा इष्ट पोइन्ट एकेडेमी समग्र विजेता बन्यो। श्री इचोक माध्यमिक विद्यालय दोस्रो तथा हेलम्बु बोधिसत्व मोडल स्कुल तेस्रो स्थानमा रहे।
अन्तिम पदक तालिका
- प्रथम: हेलम्बु बोधिसत्व मोडल स्कुल, हेलम्बु–६
(स्वर्ण १७, रजत ५, कास्य ९ — जम्मा ३१)
- द्वितीय: इष्ट पोइन्ट एकेडेमी, हेलम्बु–४
(स्वर्ण १३, रजत १७, कास्य १४ — जम्मा ४४)
- तृतीय: श्री इचोक माध्यमिक विद्यालय, हेलम्बु–६
(स्वर्ण ६, रजत ५, कास्य ४ — जम्मा १५)
यसका अतिरिक्त नुर्वुलिङ मणिचौर मावि, मेलम्चीघ्याङ मावि, सरस्वती मावि, पाल्चोक मावि, याङ्ग्रीमा मावि, गोल्मादेवी मावि, भूमेश्वरी मावि, सर्वोदय मावि, जय वागेश्वरी मावि र महेन्द्र माविले पनि पदक जित्दै प्रतियोगितालाई सफल बनाएका छन्।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय तहमा खेल प्रतिभा पहिचान गर्नुका साथै विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि र अनुशासन विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको छ ।