नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सिन्धुपाल्चोकको ३० औँ साधारणसभा २०८३ जेठ १० गते सदरमुकाम चौतारामा भव्य रुपमा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा शाखामा आवद्ध १० पत्रकारलाई सम्मान एवं पुरस्कार प्रदानसमेत गरिएको छ ।
उक्त सभामा शाखाले २ लाख रुपैयाँको कल्याण कोष स्थापना गर्ने घोषणा गरेकोछ । कोष बृद्धि गरी यो कार्यकालमा १० रुपैयाँ पुर्याउने लक्ष्य शाखाले लिएको छ । साधारण सभामा सिन्धु पत्रकारिता सम्मान पूर्वअध्यक्ष पवित्रकुमार खड्का, इश्वरीमान श्रेष्ठ राम केशी स्मृति पत्रकारिता सम्मान होमनाथ कट्टेल किशोर र ज्ञानेन्द्रप्रसाद तिमल्सिनालाई प्रदान गरिएको छ ।
त्यस्तै कञ्चन ज्ञानेन्द्र स्मति पत्रकारिता पुरस्कार दिनेश दुलाल, दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार रुपक कोईराला, रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कार जगन्नाथ दुलाल, कृष्णष्णमाया घिमिरे स्मृति क्रियाशील महिला पत्रकारिता पुरस्कार शर्मिला ठकुरी, नानीराम नेपाल स्मृति क्रियाशिल युवा पत्रकारिता पुरस्कार चित्र मिजार र जुगल नमोदित पत्रकारिता पुरस्कार अनिष तिवारी र सर्वपक्ष युवा पत्रकारिता पुरस्कार प्रकाश सुन्दासलाइ दिइएको छ । उनीहरुलाई उनीहरुलाई ५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।
चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका कोषाध्यक्ष रामकृष्ण अधिकारीले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।
साधारणसभाका प्रमुख अतिथि सापकोटाले शक्ति सम्पन्न राष्ट्रहरुको होडबाजीका कारण राष्ट्रिय राजनीतिमा संकट पैदा भएको तर्क गरे । यस जटिल परिवेशमा छिमेकी राष्ट्र, सेना , प्रहरी र सरकारको भुमिका कस्तो हुन्छ भन्ने कुरामा आम नागरिकहरुको चासो बढेको बताए ।
सरकारले सामान्य कुरामा पनि अंकुश लगाएकोप्रति आपत्ति जनाउँदै नगरप्रमुख सापकोटाले बर्तमान सरकार जनउत्तरदायी बन्नुको सट्टा जनताको हकअधिकार र कानुनी दायित्वमाथि धावा बोलेको आरोप लगाए ।
कार्यक्रमका विशेष अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय कोषध्यक्ष रामकृष्ण अधिकारीले ७२ वर्षभन्दा बढी समय व्यतित गरेको अगुवा नागरिक संस्था पत्रकार महासंघ भएको तर्क गरे । नागरिक अधिकार र गणतन्त्रको स्थापना गर्न दलहरुको भुमिका र नागरिक आन्दोलनको संयोजन पत्रकार महासंघले गरेको समेत बताए । बर्तमान सरकारले सरकारी बिज्ञापनमा लगाएको रोक संघीयताको मर्म विरोधी भएको भन्दै अधिकारीले आपत्ति जनाए ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले संविधानको रक्षा गर्दै नागरिकको अधिकार सवालमा वकालत गर्दै आएको महासंघको गतिविधिको खुलेर प्रशंसा गरे । उनले महासंघले राज्य, सरकार र नागरिकको संयक्त प्रयासबाट मात्र सुशासन र पारदर्शिता कायम गरी बिस्वाससहित बलियो राज्य निर्माणमा भुमिका खेल्न पर्नेमा जोड दिए ।
सञ्चार रजिष्टार रेवती सापकोटाले डिफेगको समस्या बढ्दै गएको खतरा औँल्याए । सरकारसँग आधिकारीक साईवर कानुन नभएकोले पनि झन् समस्या निम्तन सक्ने बताए । उनले त्रृmतिमताभन्दा पनि सिर्जनात्मक र खोज पत्रकारीता गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
संस्थापक संयोजक विष्णु न्यौपानेले समाजले प्रश्न गर्ने स्थानमा पत्रकार हुन नहुने धारणा राखे । पत्रकार कल्याण कोषमा ५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्दै उनले अर्को वर्षबाट १५ हजार ५ सय ५५ रुपैकोको पुरस्कार कोष स्थापना गर्ने बाचा गरेका थिए ।
सम्माानित, पुरस्कृत हुनेहरुको तर्फवाट बोल्दै पूर्वअध्यक्ष पवित्रकुमार खड्काले पेशाको मर्यादा राख्ने गतिविधि गर्न महासंघलाई आग्रह गरे । इन्सेक प्रतिनिधी नातीबाबु धितालले पत्रकार महासंघको बीरगाथा सवैले मनन गर्न योग्य रहेको बताए ।
साधारणसभाले सचिव टीका सुवेदी र कोषाध्यक्ष दीपक खत्रीद्धारा प्रस्तुत संस्थागत र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेकाे थियो । महासंघ शाखाको अध्यक्ष ध्रुव दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिपक अर्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । शाखा सदस्यहरुलाई पत्रकारिता सम्वन्धी पुस्तकसहित ज्ञानको झोलासमेत वितरण गरिएको थियो ।
