तपचुली सामुदायिक कृषि सहकारी संस्था लि मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ निर्वाचन कार्यक्रम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले यो सहकारिले आफ्नो स्थापना कालमा एकदमै दुख खेप्न परेको स्मरण गर्दै यस सहकारीको मुल मर्म भावना अनुरुप आज आम कृषक जनताको आर्थिक विकाश तर्फ अगाडी बढी रहँदा खुशी ब्यक्त गर्नुभयो । उहाँले नगरपालिका बाट सहकारी ऎन ल्याएर निष्क्रिय रहेका सहकारी हरु मर्ज गर्ने बताउँनुभयो । उप प्रमुख उमा प्रधानले नगरपालिका भित्र संचालित सहकारी हरुमा आबद्ध सदस्य हरुले विभिन्न बिरुवा हरुका लागि निवेदन दि राख्नुभएको छ र माग बमोजिम बिरुवा वितरण गरेको बताउनुभयो । सहकारिलाई उकास्न सेयर सदस्यको महत्त्वपूर्ण भुमिका रहने हुँदा लगेका ऋण हरु समयमानै फिर्ता गर्दै अन्यलाई वचत गर्न सुझाउन उहाँले आग्रह गर्नुभयो । । नगर भित्र संचालित सबै सहकारिको लागि नगरपालिका सदैव तयार रहेको बताउँदै केही कमि कमजोरी भए नगरपालिकाको ढोका ढकढक्याउन अनुरोध गर्नुभयो । उहाँले नेपाल कृषि प्रधान देश भएकाले यो सहकारिले कृषक हरुको हित र कृषि क्षेत्रको विकाशमा अतुलनिय भुमिका खेल्दै आज निर्वाचित हुने नयाँ नेतृत्व लाई शुभकामना समेत ब्यक्त गर्नुभयो
कार्यक्रमका विशिष्ट अतिथी बाग्मती प्रदेश कृषि सहकारी संघ लि का सचिव मित्रलाल चौलागाईंले लगेको ऋणलाई लगेको काममा मात्र खर्च गरि समयमानै ब्याच सहित समयमा नै फिर्ता गरेमात्र संचालक समिती र सहकारी लाई सहज हुने बताउनुभयो ।उहाँले आर्थिक उपार्जनको लागि सहकारी भरपर्दो माध्यम भएकाले सबैले वचत गर्ने बनी बसाल्न आग्रह गर्नुभयो । स्थानिय सरकारले कृषिमा अझ बजेट लाई वृद्धि गर्दै कृषक हरुको मनोवल उकास्न स्थानिय सरकारलाई उहाँले आग्रह गर्दै कृषक हरुलाई गाउँ फर्काउँदै बाँझो रहेको जमिनमा कृषि गर्न समेत आग्रह गर्नुभयो । उहाँले अब बन्ने समितिले अझ उत्कृष्ट कार्य गर्न सक्ने विश्वस राख्दै शुभकामना ब्यक्त गर्नुभयो ।
१ करोड ३५ लाख ८३ हजार नौ सय ९६ बचत रहेको संथाको सेयर १९ लाख २६ हजार ४ सय रहेको छ ।
१२ सय सदस्य रहेको संस्थाको ऋण लगानी १ करोड ७२ लाख ५० हजार ५ सय ४३ रहेको संस्थाका कोषाध्यक्ष मदन थापाले जानकारी दिनुभयो।
संस्थाका अध्यक्ष बिष्णु ढुंगानाले संस्थाको बार्षिक प्रगती प्रतिवेदन , कोषाध्यक्ष मदन थापाले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक राजकुमार पाण्डेले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव बिनोद चौलागाईंले गर्नुभएको थियो ।
कार्यक्रममा see उत्कृष्ट विद्यार्थीहरु विपिन चौलागाईं सन्दिप खतिवडा अनुषा चौलागाईं लाई लाई नगद रु १५०० सहित सम्मान गरिएको थियो भने राष्ट्रिय कलाकार हरु भिमषेन खतिवडा सानू केसि लगाएतको प्रस्तुति रहेको थियो ।
५ औँ अधिवेशन बाट मदन थापा सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा निलकण्ठ खतिवडा सचिवमा बिनोद चौलागाईं कोषाध्यक्षमा सरस्वती सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको हो । सदस्य हरुमा खिल बहादुर वाईबा ऋषिराम चौलागाईं अजय थापा सारदा ढकाल चौलागाईं लालाचन्द्र खतिवडा वचुराम कार्की ढल कुमारी बन्जरा सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समिती संयोजक कृष्ण मुरारी चौलागाईंले जानकारी दिनुभयो । त्यस्तै लेखा सुपरिवेक्षण समितमा संयोजक बिष्णु प्रसाद ढुंगाना सदस्यमा रामचन्द्र दंगाल र चुडामणिा चौलागाईं निर्वाचित हुनुभएको हो भने ऋण उप समितिमा अम्बर बहादुर तामाङ शिवराम चौलागाईं निर्वाचित हुनुभएको हो । त्यस्तै शिक्षा उप समितीमा राजकुमार पाण्डे संयोजक इन्दिरा खतिवडा र चिरञ्जीवी खतिवडा सदस्यमा निर्वाचित हुनुभएको संयोजक चौलागाईंले जानकारी दिनुभयो । नयाँ कार्यसमितिको कार्यकाल ४ बर्ष रहने छ ।

